तेस्रो अध्यक्ष कप भलिवलको उपाधि मेल्लेख लाई

अछाम। मेल्लेखमा आयोजित तेस्रो अध्यक्ष कप अन्तर पालिकास्तरिय भलिवल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ।
साँफेबगर नगरपालिकालाई ३-० को सोझो सेटमा पराजित गर्दै मेल्लेख गाउँपालिकाले २ लाख ५१ हजार १०१ रुपैया पुरस्कर राशीको उपाधि जितेको हो। दोस्रो हुने साँफेबगर नगरपालिकाले नगद १ लाख ५१ हजार १०१ रुपैया प्राप्त गरेको छ। प्रतियोगितामा कंचनपुरको भिमदत्त नगरपालिका तृतिय स्थान प्राप्त गरेको छ। उसले ८५ हजार १०१ रुपैया प्राप्त गरेको छ। कालीकोटको नरहरीनाथ गाउँपालिकाले सान्वना पुरस्कारस्वरुप २१ हजार १०१ रुपैया प्राप्त गरेको छ।

प्रतियोगितामा आयोजक मेल्लेखका खेलाडी सुरेन्द्र केसी बनेका छन्। उनले १० हजार पुरस्कार पाए।
यस्तै उत्कृष्ट स्पाइकर साँफेबगरका धनबहादुर भट्ट, उत्कृष्ट मिडिल ब्लकर आयोजकका सफल विश्वकर्मा, उत्कृष्ट सेटर अर्जुनराज ढुङ्गाना र उत्कृष्ट लिब्रो मिलन शाह बनेका छन्। यस्तै उत्कृष्ट कोच गोकुल शाह बनेका छन्। उनीहरुले जनही ५-५ हजार पुरस्कार पाए।
कृष्ण जन्माष्टमी पर्वको अवसर परेर आयोजना गरिएको प्रतियोगितामा राम स्मृति युवा क्लब सहआयोजक थियो। प्रतियोगिताका बिजेता टिम र खेलाडीलाई साँफेबगर नगरपालिकाका मेयर राजेन्द्र बहादुर कुँवर, उपमेयर शिलोज कुँवर, मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउँद, उपाध्यक्ष नृप बहादुर खड्का, निमित्त प्रमुख प्रशासकीय अधिकृत संगिता ताम्राकार लगायतले ट्रफी, मेडल तथा पुरस्कार प्रधान गरे।

कार्यक्रम प्रतियोगिता आयोजक समितिका संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा भएको थियो।