मेल्लेख — अछामको मेल्लेख गाउँपालिकामा महिला तथा सीमान्तकृत समुदायको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यसहित “Access to Justice (A2J II)” परियोजनाको परिचयात्मक बैठक सम्पन्न भएको छ।
मेल्लेख गाउँपालिकाकाे समन्वय, आस्था नेपालको आयोजना तथा UNDP को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
नेपाल सरकारको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को सहयोगमा महिला सशक्तीकरण मंच नेपालद्वारा संयुक्त रूपमा उक्त परियोजना सञ्चालन गरिएको हो।
बैठकमा परियोजना मार्फत गरिने क्रियाकलाप काे बिषयमा पनि विस्तृत जानकारी गराइएको थियाे ।
परियोजनाले विशेषगरी महिला तथा सीमान्तकृत समुदायको न्यायिक पहुँच सहज बनाउने, अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा स्थानीय तहसँग सहकार्य गर्दै न्याय प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
कार्यक्रमका क्रममा मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउद र उपाध्यक्ष नृप बहादुर खड्कालाई लाई परियोजना औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।
बैठकमा स्थानीय जनप्रतिनिधिहरू,पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत संगिता ताम्राकार विषयगत शाखाका प्रमुखहरू, आस्था नेपाल कार्यसमिति सदस्य गंग बहादुर बुढा, परियोजना अधिकृत तपेन्द्र ठकुल्लाल, सामाजिक परिचालक तित बहादुर बिक सीता भण्डारी कल्पना थापा लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले परियोजनाले स्थानीय स्तरमा न्यायमा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।


