अछाम । मेल्लेख गाउँपालिकामा पालिका स्तरीय वाल अधिकार समितिको नियमित बैठक सम्पन्न भएको छ ।
बैठकमा बालबालिकाको हक, अधिकार र समग्र विकासका विषयमा यश अघि गरेका कामकाे समिक्षा आगामी गर्नुपर्ने क्रियाकलाप बारे विस्तृत छलफल गरिएको थियो ।
मेल्लेख गाउँपालिकाकाे समन्वय, आस्था नेपालको सहजीकरण तथा वल्र्ड भिजन इन्टरनेश्नल नेपालको सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउदले बालबालिकाको अधिकार संरक्षण, शिक्षा, स्वास्थ्य तथा जाेखिम बालबालिकाकाे तथ्यांक विश्लेषण सहित समग्र विकासमा केन्द्रित कार्यक्रमहरूलाई आगामी दिनमा अझ प्रभावकारी ढंगले कार्यान्वयन गरिने जानकारी दिनुभयो ।
उहाले बालबालिकाका लागि विशेष शिक्षा कार्यक्रम लागू गरिने बताए ।
वाल अधिकार समितिका संयाेजक एवंम मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप बहादुर खड्काले संस्थागत साझेदारीमार्फत विपन्न तथा अति विपन्न बालबालिकालाई आर्थिक सहयोगसँगै आवश्यक शैक्षिक सामग्री वितरण राहत पुनःस्थापन ,बालकाेषकाे थप प्रभावकारी रुपमा संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बालबालिकाको शिक्षा र समग्र विकासलाई प्राथमिकतामा राखेर आगामी दिनमा प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो
यसैगरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत संगिता ताम्राकारले बालबालिकाकाे संरक्षण, शिक्षा, स्वास्थ्य र समग्र विकासका लागि राज्यका निकाय मात्र होइन, अभिभावक, समुदाय र सम्पूर्ण सरोकारवालाहरूले आ-आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक सहयोग गर्न आवश्यक रहेको बताए । बालमैत्री वातावरण निर्माण बिना समृद्ध समाजको परिकल्पना सम्भव हुँदैन।”उहाँले बाल अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायहरूबीच समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिँदै बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सबैको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सावित्री खड्काले बालबालिकालाई विशेषगरी विपन्न, अति विपन्न तथा आमाबुवा गुमाएका बालबालिकालाई लक्षित गरी शैक्षिक सामग्री वितरण र आवश्यक सहयोग उपलब्ध गराइने बताउनुभयो ।
कार्यक्रममा आस्था नेपालका परियोजना अधिकृत तपेन्द्र ठकुल्लाले बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सहज पहुँच सुनिश्चित गर्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले बाल अधिकार सम्बन्धी नीति तथा नियमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरोकारवाला निकायको सक्रियता अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
वैठकमा स्थानीय जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख, आस्था नेपालका कार्यसमिति सदस्य गंग बुढा सामाजिक परिचालक तित बहादुर बिक सीता भण्डारी कल्पना थाप लगायतको सहभागिता रहेको थियो ।


