मेल्लेख गाउँपालिका वडा नं. ८ मा ‘बा-आमा सम्मान कार्यक्रम’ सम्पन्न

​मेल्लेख, अछाम
अछामको मेल्लेख गाउँपालिका वडा नं. ८, हात्तिकोटमा ज्येष्ठ नागरिकहरूलाई आदर-सम्मान प्रकट गर्ने उद्देश्यका साथ एक विशेष कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा ‘बा-आमा सम्मान कार्यक्रम’ भव्य रूपमा आयोजना गरिएको हो। समाज र परिवारमा पुर्‍याएको योगदानको कदर गर्दै कार्यक्रममा सम्मान गरिएको थियो।
​कार्यक्रममा वडा भित्रका संख्यामा ज्येष्ठ नागरिकहरू (बा-आमा) को उपस्थिति रहेको थियो। उनीहरूलाई खदा तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो। ज्येष्ठ नागरिकहरू समाजका मार्गदर्शक र अनुभवका खानी भएकाले उनीहरूको संरक्षण र सम्मान गर्नु स्थानीय सरकारको दायित्व रहेको कुरामा जोड दिएका मेल्लेख ८ का वडा अध्यक्ष महेश ठ्कुल्लाले बताउनु भयो।
​कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि नेकपा खम्म साउद लगायतले मन्तव्य व्यक्त गरेका थिए। त्यस्तै कार्यक्रममा कार्यपालिका सदस्य चंख आउजी, वडा सदस्य निर्प आउजी, सालिभान साउद लगायत स्थानीय वासी सहभागिता रहेको थियो। कार्यक्रम स्वागत मन्तव्य कार्यपालिका सदस्य सुनिता शाहले गर्नु भएको थियो भने संचालन वडा सचिव पवन उपाध्ययले गर्नु भएको थियो।