साँफेबगर नगरपालिका ७ रिडिकोटद्वारा शैक्षिक सामाग्री सहित जेहन्दार बिधार्थीलाई आर्थिक सहयोग

अछाम:साँफेबगर नगरपालिका ७ रिडिकोटले २०८१ को एसईई परीक्षामा उत्कृष्ट बिधार्थी सहित अन्य जेहन्दार बिधार्थीलाई आर्थिक सहयोग,शैक्षिक सामाग्री बितरण र अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ। सोमबार वडा कार्यालयमा बिधार्थीहरुलाई अभिमूखिकरण सहित शैक्षिक सामाग्री बितरण गरिएको हो।

वडा कार्यालयकाे बजेटबाट सूर्य चन्द्र मा.वि कालिमाटीबाट ३.४९ जिपिए ल्याई उत्तीर्ण भएकाे जेहेन्दार बिद्यार्थी मनाेज बयकलाई रु. ८ हजार स्नातक तह अध्ययनरत असाहय विद्यार्थी रेशमा कुमाललाई रु. ८ हजार झरना कुमाललाई ८ हजार र कृषि प्राविधिक अध्ययनरत असाहय विद्यार्थी सम्झना कडायतलाई १० हजार सहयोग गरेको छ।

यस्तै जेहेन्दार विद्यार्थी पार्वती कुमाललाई ५ हजार ५ सय र असाहय विद्यार्थी दिलिप वि. क लाई ५ हजार ५ सय शैक्षिक अध्ययन छात्रवृत्ति सहयोग गरिएको वडा अध्यक्षले हिक्मत कडायतले बताए ।यस्तै वडाका ४१ जना बालबालिकाहरुलाई १ दिने अभिमूखिकरण कार्यक्रम गरी शैक्षिक सामग्री वितरण गरिएको थियो ।