अछाम- नेपाली कांग्रेस अछाम क्षेत्र नम्वर १ ले चुनावलाई लक्षित गरि विभिन्न समितिहरु गठन गरेको छ।
बिहिवार साँफेबगरमा बसेको कांग्रेस क्षेत्रीय कार्यसमितिको बैठकले निर्वाचन परिचालन मुल आयोजक समितिसहित २९ वटा उपसमितिहरु गठन गरेको हो।
२ सय ६१ सदस्सिय निर्वाचन परिचालन मुल आयोजक समितिको संयोजकमा क्षेत्रीय सभापति कृष्ण बहादुर बुढा छन्।
वैठकले आर्थिक व्यवस्थापन उपसमिति, यातायात परिचालन तथा व्यवस्थापन उपसमिति, युवा, महिला, जेन्जी, तरुणदल, नेविसंघ, मतदाता शिक्षा, शिक्षक, कर्मचारी, सामाजिक संजाल, प्रचार प्रसार, सांस्कृतिक, तथ्यांक संकलन, सम्पर्क समिति, अनुगमन, लेखन/ प्रकाशन उपसमितिहरु गठन गरेको छ।
यस्तै सूचना तथा संचार, सम्पर्क कार्यालय व्यवस्थापन, मतदाता सम्पर्क तथा घरदैलो, निर्वाचन रणनीति तथा पालिका समन्वय, कानुनी परामर्श लगायतका उपसमितिहरु गठन गरिएको छ। उप समितिका संयोजकहरु तोकिएको र सदस्यहरु संयोजकले नै मनोनयन गर्ने जनाइएको छ।
यसअघि नेपाली कांग्रेसका प्रदेश महामन्त्री मेघराज खड्काले साँफेबगरमा पार्टीलो सम्पर्क कार्यालयको उद्घाटन गरे। क्षेत्र नम्वर १ मा भरतकुमार स्वार चुुनावी मैदानमा छन्


