अछाम : वाक नेपालको सामाजिक परिक्षण तथा २८ औँ वार्षिक सभा मार्फत उत्कृष्ट ६ जना कर्मचारीहरु सम्मानित हुनु भएको छ। संस्थामा रहेर बफादार र उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको हो।
वार्षिक सभा मार्फत संस्थाका लेखा अधिकृत हिमाल बुढा, सिबिडिआरआरका मिल अधिकृत निर्मला कार्की र पावर परियोजनाका फिल्ड अधिकृत कृष्णा शाहीलाई सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको हो।
यस्तै वाक नेपालद्धारा सञ्चालित एनआरएल परियोजनाका फिल्ड परिचालक दीपिका ओड, दिनेश बि।क। र वाक नेपालद्धारा सञ्चालित महिला सशक्तिकरण तथा बाल अधिकार संरक्षण परियोजनाका सामाजिक परिचालक अप्सरा बुढा महतालाई पनि उत्कृष्ट कर्मचारी भन्दै सम्मान गरिएको छ।


