अछामको चौरपाटी गाउँपालिकामा ताल्चा खोलीयो, सोमबारदेखि नियमित सेवा सुरु

अछाम — जेन जेडको आन्दोलनका क्रममा लगाइएको अछामको चौरपाटी गाउँपालिकाको ताल्चा आईतबार खोलिएको छ।
ताल्चा खुलेसँगै सोमबारदेखि गाउँपालिकाका विभिन्न सेवा प्रवाह नियमित रूपमा सञ्चालन हुने भएको छ। सर्वदलीय सर्व पक्षिए बैठक बसि ताला खोलीएको हो।

स्थानीय तहदेखि केन्द्रसम्मको भ्रष्टाचार,शिक्षा,स्वास्थ्य,रोजगारीको संकट,नीतिगत कमजोरी राजनीतिक ,सरकार माथि दबाब सिर्जना गर्न आन्दोलन गरेको थियो । जेन जेड्को आन्दोलनमा एकिबद्धता जनाउँदै गाउँपालिकामा ताला लगाइएको थियो ।

आन्दोलनका क्रममा अवरुद्ध प्रशासनिक कार्य तथा सेवा प्रवाह अब सहज रूपमा हुने स्थानीय गाउँपालिका जनाएको  छ।