जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ राष्ट्रपति भवन शीतल निवास

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ राष्ट्रपति भवन शीतल निवास मा पुगेका छन्।

उनलाई शुक्रबार बिहान नौबजे शीतल निवास बोलाइएको भए पनि केहीबेर अघि मात्रै उनले प्रवेश पाएका हुन्।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालै प्रधानमन्त्री नियुक्त गर्न जेनजीका विभिन्न समूहहरुको तर्फबाट गुरुङले दबाब दिँदै आएका छन्।