कालिका माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

अछाम । मेल्लेख गाउँपालिका–८ हात्तीकोटस्थित कालिका माध्यमिक विद्यालयमा शुक्रबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयस्तरीय प्रतियोगितामा विभिन्न कक्षाका विद्यार्थीहरूले आफ्नो प्रस्तुतिहरू दिएका थिए ।

लगनशीलता सफलताको सिढि   हो” भन्ने शीर्षकमा कार्यक्रमको शिर्षक रहेको थियो ।
वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट प्रस्तुत गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । जसमा प्रथम
गायत्री ढुङ‌गाना ,द्वितिय राकेश साउद,
तृतीय विमला ठकुल्ला सान्त्वना संगिता रावत रहेका छन ।

कार्यक्रमका प्रमुख अतिथि मेल्लेख ८ का वडा सदस्य निर्प आउजी ले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि गर्ने, वाचन तथा वाक्शैली सुदृढ बनाउने र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने रहेको कार्यक्रम बिशिस्ट अतिथि तथा   बिधालय का प्रधानाध्यापक नरेश साउद्ले बताएका छन ।

अतिरिक्त क्रियाकलाप संयोजक कुल बहादुर रावतको अध्यक्षता भएको कार्यक्रममा वाक नेपालका फिल्ड परिचालक  भुपेन्द्र भण्डारी लगायत   शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको  सहभागिता रहेको थियो । शिक्षिका रेखा साउदको स्वागत मन्तव्य रहेको  संचालन शिक्षक शंकर ठकुल्लाले गरेका थिए ।