आजबाट देशभरका नगर गाउँ पालिका  निमित्त  अन्त्य ,सामान्य प्रशासन मन्त्री

काठमाडौं ।सुशासन प्रवर्द्धनका लागि सरकारद्वारा गरिएको प्रयासअनुसार अब देशभरका गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था अन्त्य गरिएको छ।

कर्मचारी प्रशासनलाई निरन्तर सुधार र परिमार्जन गर्ने अभियान अन्तर्गत आजदेखि ७५३ स्थानीय तहमध्ये २०० भन्दा बढी पालिकामा देखिएको ‘निमित्तमा भर पर्ने प्रवृत्ति’ अन्त्य भएको हो, सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने  भनाइ रहेको  छ, अबदेखि सबै गाउँपालिका र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पूर्ण जिम्मेवारीसहित नियुक्ति गरिएको छ।

जिम्मेवारी पाउने कर्मचारीहरुलाई बधाई दिँदै सम्बन्धित अधिकारीले दक्षता र इमानदारीका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्। साथै, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिलाई आफ्ना क्षेत्रका प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्न र उनीहरूको क्षमताको भरपुर उपयोग गर्न अनुरोध गरिएको छ।

यसअघि पालिकाका जनप्रतिनिधिहरूले पनि ‘निमित्तमा होइन, पूर्ण जिम्मेवारीसहितका प्रमुख प्रशासकीय अधिकृत चाहिन्छ’ भन्ने माग राख्दै आएका थिए।

आगामी चरणमा उपमहानगरपालिका र महानगरपालिकालाई समेत निमित्त विहिन बनाउने तयारी भइरहेको जानकारी दिइएको छ।

यो निर्णय आम जनताको हितमा गरिएको भन्दै यस अभियानलाई सफल बनाउन सबैको साथ, सहयोग र सुझाव अपेक्षा गरिएको छ।