काठमाडौं :अस्ट्रेलियामा जारी टप एन्ड टी२० सिरिजअन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालको राष्ट्रिय टोलीले मेल्बर्न रेनिगेड्स अक्याडमीलाई ३३ रनले हराएको छ।
सुरुमा ब्याटिङ रोजेको नेपालले अक्याडमीका विरुद्ध ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो। नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रन बनाएका थिए।
लक्ष्य पछ्याउँदै अक्याडमीले निर्धारित २० ओभरमा १०६ रन मात्र बनाउन सक्यो। दोस्रो इनिङ्समा नेपालका सोमपाल कामीले ५, कुशल भुर्तेलले २ तथा सहाब आलम र रूपेश सिंहले १-१ विकेट लिए।
यसअघि ४ खेल खेलेको नेपाल ३ खेलमा पराजित भएको थियो भने चौथो खेल जितेको थियो।


