काठमाडौं ।नेपालले अस्ट्रेलियाको डार्बिनमा भईरहेको Top End T20 Series खेलमा आज (अगस्ट १८) स्टार्स एकेडेमीसँग सामना गर्दैछ । यो खेल स्थानीय समय अनुसार बिहान ११ बजे TIO Stadium मा हुँदैछ । नेपालले यसअघि दुई खेल खेलिसकेको छ ।
पहिलो खेल नर्दन टेरिटोरी (NT) स्ट्राइक र दोस्रो खेल बंगलादेश एसँग खेलिसकेको छ । दुबै खेलमा नेपालले जीत निकाल्न भने सकेन । र, नेपालले पहिलो पटक यो सिरिज खेल्दै गरेको हो ।



