कञ्चनपुरमा छाउगोठ भत्काउदै

कञ्चनपुर । कञ्चनपुरका स्थानीय तहले छाउगोठ भत्काउने अभियान सुरु गरेको छ । गत असारमा कृष्णपुर नगरपालिका –१ निगाली स्थित छाउगोठमा बसेकी २८ वर्षीया कमला दमाईंको सर्पले डसेर ज्यान गएपछि कञ्चनपुरका स्थानीय तहले यती बेला धमाधम  छाउगोठ भत्काउने अभियान गरेकाे हो ।

महिनावारी भएका बेला यहाँका महिलाहरु छाउगोठमा बसोबास गर्दा कयाैकाे महिलाकाे अकालै ज्यान जाने गरेकोले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले  यहाँका पालिकालाई छाउगोठ भत्काउन सुचना जारी गरेपछि यती बेला कञ्चनपुरामा  धमाधम  छाउगोठ भत्काउने अभियान सुरु भएकाे हो