स्व. दिनेश बाब्लीको स्मृतिमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

साफेबगर । स्वर्गीय दिनेश बाब्लीप्रति श्रद्धाञ्जली अर्पण गर्न बिहीवार एक विशेष दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा उनका परिवारजन, नातेदार, शुभचिन्तक, बजार बासी  तथा स्थानीय समाजका विभिन्न व्यक्तिहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रमका सहभागीहरूले दिवंगत बाब्लीप्रति मौनधारण गर्दै आत्माको चीर शान्तिको कामना गरे । साथै, उनको योगदान र सम्झनालाई जीवित राख्न समाजमा सकारात्मक काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

दीप प्रज्वलन कार्यक्रमले स्व. बाब्लीप्रति सम्मान प्रकट गर्नुका साथै समाजमा ऐक्यबद्धता र आपसी सम्झनाको सन्देश दिएको सहभागी  हरूले बताएका छन् । साथै उनका साना छोरा छोरी को शिक्षा दीक्षा र  पढाइ खर्च सबै जनाले आर्थिक सहयोग गरि दिन हुन पनि अपिल गरिएको छ