मेल्लेख गाउँपालिकाले ४८ करार कर्मचारीको करार सम्झौता रद्द गर्ने निर्णय

अछाम । मेल्लेख गाउँपालिकाले कार्यरत विभिन्न करार कर्मचारीहरूको करार सम्झौता आगामी मंसिर १ गतेदेखि रद्द गर्ने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको निर्णयअनुसार सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौंको पत्र (२०७८/७९ च.नं. १५) तथा २०७९/८० को बजेट व्यवस्थापनअन्तर्गत यो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको सूचनामा उल्लेख भए अनुसार विभिन्न स्वास्थ्य संस्था तथा गाउँपालिका कार्यालयमा कार्यरत ४८ जना करार कर्मचारीको करार मंसिर १ गतेदेखि लागू हुनेगरी रद्द गरिएको छ।