बाजुरा : बाजुरा कारागार बाजुराका कैदी बन्दीलाई यती बेला नेपालगञ्ज सरुवा गरेका छन् ।
कारागार बाजुरामा अहिले ४९ कैदीबन्दी र १८ जना थुनुवा रहेका छन् । यसमा १८ जना थुनुवालाई अछाम र ४९ जना कैदी बन्दीलाई नेपालजञ्ज पठाएको हो ।
कारागार बाजुराको भवन नयाँ निर्माण गरिने भएकोले उनीहरुलाई थुनुवा अछाम र कैदीबन्दीलाई नेपालगञ्जमा सुरुवा गरिएको कारागार बाजुराले जनाएको छ ।
सहरी विकास डोटी र भवन निर्माणको जिम्मेवारी लिएका ठेकेदार कम्पनीले कारागार खाली गर्न पत्रचार दिएको थियो ।
त्यसै पत्रको आधारमा कारागार बाजुराले पनि जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्रचार गरेको हो । त्यसपछि जिल्ला प्रशासनले यहाँका कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरणका लागि कारागार व्यवस्थापन विभाग काठमाण्डौलाई पत्र पठाएको थियो ।
यती बेला कारागार विभाग व्यवस्थापन काठमाण्डौले सो पत्रचारको आधारमा यहाँका कैदी बन्दीलाई नेपालगञ्ज सुरुवा गर्न अनुति दिएपछि यती बेला बाजुराका सबै कैदी बन्दीलाई नेपालगञ्ज पठाएको कारागार बाजुराले जनाएको छ ।
२०३७ मा २५ जना कैदी राख्ने क्षमताको कारागारमा हाल ६७ जना कैदी तथा थुनुवा बस्ने गरेको थिए ।
कैदीबन्दीले पटक पटक कारागार पुरानो र जीर्ण बन्दै गएको र यसका मर्मत सम्भार गर्नुपर्ने माग राख्दै आएका थिए ।
सघन सहरी विकास अन्तर्गतको पुर्नर निर्माण प्राधिकरणको नौ करोड ३५ लाखमा यती बेला बाजुरामा सुविधा सम्पन्न कारागार निर्माण हुने प्रशासक अनिल कुमार तिवारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यसको सबै टेन्डर भएर असोज देखि यसको काम सुरु हुने भएको छ ।
भनव निर्माणका लागि सघन सहरी विकास कार्यालय डोटीले जिम्मा लिएको छ । त्यसले सबै काम सम्पन्न गरेपछि मात्र हामीले त्यसलाई अनुगमन गर्दै स्वीकृत गर्ने मात्र हो । ”
अहिलेको नयाँ बन्ने कारागारमा ७५ जना पुरुष र २५ जना महिला गरी जम्मा सय जना क्षमताको कारागार बन्ने भएको छ ।
यसमा बाहिरमा प्रशासन सुरक्षागार्ड भवन शौचालय पर्खाल भित्र खेल मैदान खानेपानी सबै भौतिक संरचनाहरु रहने गरि नयाँ कारागार बन्न लागेको प्रकाशसक तिवारीले बताउनुभयो ।


