पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु

१ भदौ, बुटवल । रुपन्देहीमा खोलामा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ ।

साथीसँग कञ्चन खोलामा पौडी खेल्न गएका रुपन्देहीको कञ्चन-४ अस्नैयाका ६ वर्षीय शिशिर हिताङ्गको डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक अनिस खड्काका अनुसार आइतबार दिउँसो करिब ३:३० बजेको समयमा साथीहरूसँगै पौडी खेल्नेक्रममा एक्कासि डुबेपछि उद्धार गरी कपिलवस्तु स्थित पिपरा अस्पताल पुराए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

मृतक बालकको शव पोस्टमार्टमका लागि पिपरा अस्पतालमै राखिएको छ ।