अछाम: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सय २२ जना उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाइएको हो।
बिहीबार गरिएको सरुवामा एक सय २२ जना मध्ये एक सय २१ जनालाई विभिन्न नगरपालिकाहरूको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाइएको छ।
अछामको साँफेबगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्जुनसेन ओली, पंचदेवल विनायक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कृष्णप्रसाद खरेल र कमलबजार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा डिकबहादुर कार्की खटाइएका छन्।
यस्तै मन्त्रालयले ९७ जना शाखा अधिकृतको पनि सरुवा गरिएको छ। मन्त्रालयले विभिन्न निकायमा कार्यरत शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो। यसरी सरुवा गरिएकामध्ये ९४ जना स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत रहेका छन्। जसमध्ये तीन जना अछामका गाउँपालिकामा खटाइएका छन्।
- जसमा चौरपाटी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुरेशप्रसाद जैशी, मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मीमबहादुर शाही तथा बान्नीगढी जयगढ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा चोलारमन अधिकारी खटाइएका छन्।


