जंगली च्याउ खाँदा दम्पतीको ज्यान गयाे

काठमाण्डाै – रोल्पामा जङ्गली च्याउ खाँदा बिरामी परेका दम्पतीको उपचारका क्रममा ज्यान गएको छ ।

परिवर्तन गाउँपालिका वडा नम्बर २ राङसीकी ७४ वर्षीया निर्मला वली र उहाँका श्रीमान् ८१ वर्षका भागीराम वलीको उपचारका क्रममा दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । निर्मलाको गएराति र भगीरामको आज दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

वली दम्पतीले साउन २७ गतेको बेलुका स्थानीय जङ्गलबाट खोजेर ल्याएको च्याउको तरकारी खाएका थिए । च्याउ खाएपछि बिरामी परेका उनीहरूलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि साउन २९ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो