अछाम ।अछामको मेल्लेख गाउँपालिका–८ हात्तिकोटमा “मर्यादित महिनावारीका लागि वडा स्तरीय छाउगोठ मुक्त अभियान” अन्तर्गत अुगमन तथा समीक्षा कार्यक्रम मंगलबार सम्पन्न भएको छ।
कार्यक्रमका अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले छाउपडी प्रथा कानूनी अपराध भएको उल्लेख गर्दै यसलाई अन्त्य गर्न सबै तहबाट निरन्तर प्रयास आवश्यक रहेको बताउनुभयो।
“समाजमा अझै पनि केही ठाउँमा छाउपडी प्रथा कायम छ। यसलाई पूर्ण रूपमा अन्त्य गरेर महिला अधिकार सुनिश्चित गर्नु हाम्रो सामूहिक दायित्व हो,” उहाँले भन्नुभयो।
जिल्ला प्रहरी कार्यालय अछाम का प्रहरी प्रमुख ओमप्रकश खनाल ले (DSP) ले छाउपडी प्रथा कायम गर्नेहरू कानूनी दायरामा ल्याइने चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, “कानूनले छाउपडीलाई पूर्ण रूपमा निषेध गरेको छ। अब पनि यो प्रथा अपनाउनेलाई कानूनी कारबाही हुनेछ, त्यसैले सबै नागरिक सचेत हुनुपर्छ।”
त्यसैगरी मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वालासिंह साउदले स्थानीय सरकार छाउपडी अन्त्यका लागि निरन्तर रूपमा जनचेतना र अभियान सञ्चालन गरिरहेको बताउनुभयो।
“गाउँपालिकाले विद्यालय, महिला समूह र वडा स्तरमा सचेतना कार्यक्रम गर्दै आएको छ। छाउपडी अन्त्यमा स्थानीय सरकार, समुदाय र परिवार सबैको संयुक्त भूमिका महत्वपूर्ण छ,” अध्यक्षले भन्नुभयो।
कार्यक्रममा नेपाली काङ्ग्रेस वडा सभापति दिलिप सुनार ,नेकपा एमाले पार्टी प्रतिनिधि राम बहादुर साउद ,नेकपा माओवादी केन्द्र का पार्टी प्रतिनिधि खम्म साउद , रा स्व पा पार्टी प्रतिनिधि सर्जन ठकुल्ला , कालिका माबी का प्र अ नरेश साउद , बेताल मान्डौ आधारभुत बिधालय का प्र अ तेज साउद स्वास्थ्य शाखा प्रमुख वीर बहादुर ठकुल्ला लगायत स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि र महिलाहरुको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले महिनावारीलाई मर्यादित र सम्मानजनक बनाउन छाउपडी प्रथालाई अन्त्य गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्। मेल्लेख ८ का वडा अध्यक्ष महेश ठकुल्लाको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण खप्तड प्रेसड्ट्कम का संचालक शिवराज खत्री र संचालन पशु शाखा प्रतिनिधि भुपेन्द्र बुढा ले गरेका थिए ।


