आज यी स्थानमा हुने छ बर्षा

काठमाडौं – आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।