अस्तित्व रक्षामा प्रचण्ड र उपेन्द्रको ध्रुवीकरण प्रयास, पहिचानपक्षधर कुलमानतिर लाग्लान् ?

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेपाली कम्युनिस्ट पार्टीलाई टहराको संज्ञा दिएका छन्।

भरतपुरमा शनिबार आयोजित जनसभामा उपाध्यक्ष बादलले छुट्टाछुट्टै बस्दा अस्तित्व समाप्त हुने डरले उनीहरू एक ठाउँमा आएको बताउँदै नेपाली कम्युनिस्ट पार्टीलाई दस कोठे टहराको संज्ञा दिएका हुन्।

‘अलग अलग कोठामा बसिरहेका थिए। कोठाले उनीहरूको अस्तित्व धानिने भएन। त्यसकारण आफ्नो अस्तित्व रक्षाका लागि दस कोठे टहरा बनाए। अस्तित्व बँच्छ कि भन्ने उहाँहरूको हिसाबकिताब छ,’ उनले भने।

अलग बस्दा निर्वाचन नजितिने भएपछि उनीहरू एक ठाउँमा आएको पनि बादलको दाबी छ।

‘टहरा बनाइयो भने आउने निर्वाचनमा केही सिट पाइन्छ कि भन्ने उनीहरुको राजनीतिक लक्ष्य हो,’ उनले भने।

त्यहाँ दस पार्टी भने पनि मुख्यतः माओवादी केन्द्र र एकीकृत समाजवादी मात्रै रहेको उनले बताए। अरू व्यक्ति मात्रै जोडिएको उनको दाबी छ।

तर एमाले छाडेर गएकाहरूको अस्तित्व टहरामा बस्दैमा रक्षा नहुने पनि उनले बताए। त्यसकारण मूल घरमा फर्कन उनले आह्वान गरे।

Laxmi bank
‘मूलघरमा फर्केर मात्रै उहाँहरुको अस्तित्व रक्षा हुन सक्छ। हामीले प्रतिनिधि समा पुनर्स्थापना गरेपछि हुने चुनावमा उहाँहरु विजयी हुन सक्नुहुन्छ। सांसद बन्न सक्नुहुन्छ। मन्त्री बन्न सक्नुहुन्छ। यस्तो टहरोमा बसेर हुँदैन,’ उनले भने।

माधव नेपालहरू मूल घरबाट निस्केपछि ‍बिसर्जनतिर गएको दाबी पनि बादलले गरे।

‘मूल घर छाडेपछि उहाँहरू ओरालो लाग्नुभयो। दस कोठे टहराले उहाँहरूको विसर्जन र विघटन रोक्न सक्दैन। केही कमरेडहरू मूल घरमा फर्कनुभएको छ। उहाँहरुको स्वागत गरौं,’ उनले भने।