अछामका सबै विद्यालयमा पठपाठन सुचारु

अछाम । अछामका सबै विद्यालयमा पठपाठन सुचारु भएको छ । नवपुस्ता जेनजी आन्दोलनसँगै भदौ २५ गते देखि पठनपाठन बन्द गरिएका विद्यालयमा आइतबारबाट पढाई सुरु भएको हो ।

स्थिति सामान्य बन्दै गए पछि चार दिन पछि विद्यालयहरु सञ्चालनमा आएका हुन् । अवस्था सहज बनेकाले सम्बन्धित पालिकासँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न अनुमति दिईएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताउनु भयो । जिल्लाका दश वटै पालिकामा रहेका सबै विद्यालयहरुमा पठनपाठन सुरु भएको उहाँले बताउनु भयो ।

आन्दोलनका क्रममा यहाँका शैक्षिक संघसंस्था र सवारी साधनमा क्षति नभए पनि कफ्र्यु लागे पछि पठनपाठन पूर्ण रुपमा स्थगित गरिएको थियो ।