साँफेबगर नगरपालिका वडा नं.१२ खप्तडका सहजकर्ता वाव्लीको मृत्यु

साँफेबगर नगरपालिका वडा नं.१२ खप्तडका सहजकर्ता दिनेश वाव्लीको मृत्यु भएको छ । पेट दुखेर सेति प्रादेशिक अस्पतालमा भर्ना भएका वाव्लीको आज विहान ३ वजे मृत्यु भएको परिवारले जानकारी दिएका छन् ।

उनलाई चार दिन अघि सेति अस्पतालमा भर्ना गरिएको थियो । उनको किड्नी र फोक्सोमा समेत समस्या रहेको वुझिएको छ ।
मृत्यक वाव्लीका श्रीमति एक छोरा एक छोरी रहेका छन् ।