उनलेे चलाएको से ७ प ८२८० नं. को मोटरसाईकल लाई रोकी चेकिङ गर्दा उनले लगाएको कालो पाइन्टको अगाडिको खल्तीमा कालो प्लाष्टिकमा लुकाइछिपाई राखेको अवस्थामा Pregabalin ६० ट्याब्लेट तथा Tramadol २६ ट्याब्लेट फेला परेकोले अछाम प्रहरीले जनाएको छ।
यस्तै उनलाई नियन्त्रण लिई सोधखोज गर्दा साँफेबगर नगरपालिका एयरपोर्ट बजारस्थित न्यू बुढा होटलमा लागूऔषधको कारोबार हुने गरेको खुलेको र प्रहरीले तत्काल कृष्ण बुढाको न्यू बुढा होटलमा छापा मारेको थियोे ।
बुढा होटलमा छापा मार्दा होटलको माथिल्लो तलामा OLD DARBAR लेखेको काठको बाकसमा Tramadol-36 ट्याबलेट, Nemadol-20, Pregabalin-35, Lospas-69, Duloxit-20, Azithromycin-20, Cetixime-5 र Diclofenacsodium-5 ट्याबलेट सहित होटल सञ्चालक कृष्ण बुढालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको अछाम प्रहरी प्रमुख ओमप्रकाश खनालले बताए। स्रोत: निराकरण खबर


