लालबहादुर चदारा,अछाम । राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालको आयोजनामा अछामको मेल्लेख गाउँपालिका–५, विन्धेवासिनीमा पहिलोपटक कराते कक्षा संचालन हुने भएको छ ।
कराते कक्षा उद्घाटनकार्यक्रम संघका अध्यक्ष मीन महरको अध्यक्षता रहेको थियो। कार्यक्रममा मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउद प्रमुख अतिथि रहनु भएको थियो भने सामाजिक विकास समिति संयोजक चन्द्र बहादुर साउद विशिष्ट अतिथि हुनुहुन्थ्यो।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि साउदले खेलकुद युवाको क्षमता अभिवृद्धि गर्ने मात्र नभई स्वास्थ्य र सामाजिक सद्भावलाई पनि सुदृढ बनाउने महत्वपूर्ण माध्यम भएको बताए। उनले मेल्लेखका किशोर ,किशोरीले कराते जस्तो आत्मरक्षा खेलमा सहभागिता जनाउनुले भविष्यमा गाउँपालिकाको खेलकुद क्षेत्रको स्तर वृद्धि हुने विश्वास व्यक्त गरे।
सामाजिक विकास सयाेजक चन्द्र बहादुर साउदले कराते खेलकाे महत्त्व दर्साउदै आगामी दिनि पालिकाका सबै बिद्यालयमा कराते कक्षा संचालन गर्दै लैजानुपर्ने बताएका छन ।
वडा नं. ५ का वडा अध्यक्ष प्रकाश बहादुर अधिकारीले
यस कक्षाबाट स्थानीय किशोर–किशोरी तथा युवाहरुलाई कराते प्रशिक्षण दिइने र यसले शारीरिक तन्दुरुस्ती, आत्मरक्षा सीप तथा खेलकुद क्षेत्रमा नयाँ आयाम थप्ने बताए ।
त्यस्तै, प्रशिक्षक बी.एस. वड ले कराते प्रशिक्षणले किशोर किशोरीलाई अनुशासित, आत्मविश्वासी र समाजमा नेतृत्वदायी भूमिकामा स्थापित गर्न सहयोग गर्ने बताए।
कक्षा उद्घाटन कार्यक्रम वडा नम्बर २ का वडा अध्यक्ष दिल बहादुर धामि ,५ का वडा सदस्य नैयन साउद,इन्जिनियर खडक धामि जनता माविका प्र.अ . नृप बहादुर बिक समाजसेवी गंभिर साउद ,मनिराज महर भिम महर मदन महर लगायतको सहभागिता रहेकाे थियो ।
कार्यक्रमकाे संचालन गगन महरले गरेका थिए ।


