मेल्लेख अछाम – मेल्लेख गाउँपालिका–८ हातिकोट कुस्कोट जोड्ने मालिका कृषि सडकमा बस सेवा सञ्चालनको तयारी गरिएको छ ।बस सञ्चालनकाे तयारीकाे लागि आज मेल्लेख गाउपालिका अध्यक्ष ज्वालासिंह साउदकाे नेतृत्वमा सडक अनुगमन तथा परीक्षण गरिएको छ।
मेल्लेख गाउँपालिकाको पहलमा करिब ३ करोड रुपैयाँ लागतमा सडक स्तरोन्नति कार्य सम्पन्न भएपछि अब सो मार्गमा सार्वजनिक बस सेवा सञ्चालन हुने भएको हो।
सडक सुधारसंगै हातिकोट, कुस्काेट, ठाटी र ऋषिदह आसपासका बस्तीका बासिन्दालाई आवागमनमा सहजता ल्याउने साथै कृषिजन्य वस्तु बजारसम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सडक अनुगमन कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष चन्द्र बहादुर साउद,कार्यपालिका सदस्य नृपराज ताम्राकार वडा सदस्य संकर साउद, लगायत स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूको सहभागिता रहेको थियो।
गाउँपालिका अध्यक्ष साउदका अनुसार अब छिट्टै मालिका कृषि सडक कुस्काेट हातिकाेट हुँदै मेल्लेख गाउँपालिकाबाट नियमित बस सेवा सञ्चालनका लागि अन्तिम तयारी भएकाे जनाएको छ।
साे सडकमा बस सेवा संचालन हुने भए पछि त्याँहाका स्थानीय हतिकाेट कुस्काेट राँफा,सेलगाँ नागमण्डाैका स्थानीयले बस चालक लाई भव्य स्वागत गरेका छन ।


