बिजया दशमीको टीका लगाउने शुभ साइत आज बिहान ११ः५३ बजे

काठमाडौं । आज विजयादशमीको अवसरमा टीका तथा जमरा लगाउने दिन भव्य रूपमा मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैंको टीका लगाउने श्रेष्ठ साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको जनाएको छ।

यद्यपि समितिका ज्योतिषहरूले पारिवारिक सुविधा अनुसार दिनभर नै टीका–जमरा लगाउन सकिने स्पष्ट पारेका छन्। परम्परागत मान्यताअनुसार देवी शक्तिको आशीर्वादस्वरूप ठूला–बडाबाट साना सदस्यहरूले टीका तथा जमरा ग्रहण गर्ने प्रथा छ।

दशैंलाई असत्यमाथि सत्यको विजयको पर्वका रूपमा लिइन्छ। आजको दिनमा आशीर्वादसहित टीका लगाउँदा पारिवारिक एकता, सुख, शान्ति र समृद्धि बढ्ने विश्वास गरिन्छ।

यस अवसरमा मुलुकका विभिन्न स्थानमा रहेका परिवारजनहरूलाई आ–आफ्ना घरतिर फर्कने चहलपहल बढेको छ भने परिवहन व्यवसाय पनि निकै व्यस्त बनेको छ