अछाम – मेल्लेख गाउँ पालिका ८ मा पछिल्लो केही दिनयता गाउँमा बाँदरको आक्रमण बढेपछि स्थानीयवासी त्रसित बनेका छन्। आक्रमण परि ४५ वर्षका हैकाला साउद गम्भीर घाइते भएकि छ्न।
७ जना भन्दा बढी आक्रमणमा घाइते भएका छन । मेल्लेख गाउँ पालिका ८ हात्तीकोट आसपास क्षेत्र बोरेली बगर मुस्कान पाडा साफेबगर नगर पालिका १० घुघुरकोत ठाटी वरपर क्षेत्रमा बिहानदेखि बेलुकासम्म घरभित्र छिर्ने, खेतबारीमा फलफूल तथा अन्न नष्ट गर्ने, साना बालबालिका र बुढाबुढीलाई समेत पछ्याउने घटनाले स्थानीयलाई चिन्तित बनाएको छ।
स्थानीयवासीले घर बाहिर निस्कन समेत डर मान्न थालेका छन्। “बाँदरको झुण्ड एकैपटक आक्रमण गर्न आउँदा हामीले काम गर्नै गाह्रो भएको छ,” एक स्थानीयवासीले बताए।
यसअघि पनि बाँदरले खेतबारीमा ठूलो नोक्सानी पुर्याएको भएपनि यसपटक आक्रमण अझै तीव्र भएको स्थानीय धनकला साउदको भनाइ छ। प्रभावितहरूले सम्बन्धित निकायलाई तत्काल नियन्त्रणका लागि ध्यान दिन आग्रह गरेका छन्।


