धना देबि साउँदद्वारा कालिका मा.वि. हात्तीकोटमा एक लाख रुपैयाँभन्दा बढीको अक्षयकोष स्थापना

 (अछाम) मेल्लेख गाउँपालिका–८ हात्तीकोटकी समाजसेवी धना देबि साउँदले स्थानीय कालिका माध्यमिक विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ  रकमको अक्षयकोष स्थापना गर्नुभएको छ।

विद्यालयको शैक्षिक गुणस्तर उकास्न र विद्यार्थीहरूको प्रोत्साहनका लागि स्थापना गरिएको उक्त  अक्षयकोषबाट विद्यालयका शैक्षिक कार्यक्रम, प्रतिभाशाली विद्यार्थी सम्मान, पुरस्कार तथा अन्य प्रयोजनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य टिकाराम खनालले शिक्षाको विकासमा स्थानीय समुदायको पनि सक्रिय भूमिका हुनुपर्ने बताउँदै साउदले गरेको योगदान ले  विद्यालय र समाजको हितका लागि प्रेरणा बन्ने विश्वास व्यक्त गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर शाहले साउँदको योगदानप्रति आभार व्यक्त गर्दै यस कदमले अन्य समाजसेवीहरूलाई पनि शिक्षा क्षेत्रमा सहयोग गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रम मा वडा अध्यक्ष महेश ठकुल्ला , मेल्लेख गाउँ कार्यपालिका सदस्य चंख आउजी , वडा सदस्य ,  सालिभान साउद वडा सदस्य निर्प आउजी ,
अमृता सुनार ,नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य राम बहादुर कुँवर , नेपाली काङ्ग्रेस पार्टी प्रतिनिधि दिलिप सुनार एमाले का रन साउद माओवादी केन्द्र का खम्म साउद उक्त  बिधालय प्र अ नरेश साउद बेताल मान्डौ आ बि प्र अ तेज साउद , युवा नेता जगत साउद उहाँ का  परिवार सदस्य दिपक साउद , कालिका युवा क्लब अध्यक्ष प्रकाश ठकुल्ला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम मा समाज सेबि वयोवृद्ध  स्थानीय बासी को उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम को स्वागत मन्तव्य बिधालय शिक्षिका रेखा साउद राख्नु भएको थियो भने संचालन शिक्षक शंकर ठकुल्लाले गरेका थिए ।