काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गर्ने बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ति गर्न लागेको भन्दै माओवादीले विरोध गर्ने बताएका छन् ।
‘उपसभामुख हटाउनेउहाँहरूको तयारी पहिले देखिकै हो। तर, गलत गर्दै हुनुहुन्छ। गल्तिबाहेक उहाँहरूले राम्रो काम गरेकै छैन। आदिवासी जनजाती महिला। राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा ख्याति प्राप्त। अनाहकमा हटाउन जो कोशिश भइरहेको छ,’उनले भने, यसमा हाम्रो विरोध रहन्छ। ‘

वर्तमान सरकार गठन भएदेखि नै गल्ति बाहेक राम्रो कुनै काम गर्न नसकेको उनले बताए। प्रचण्डले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाती महिलालाई अनाहकमा हटाउने कोशिस गलत रहेको जिकिर गरे।
प्रचण्डले उपसभामुख इन्दिरा रानामाथि यसअघि लगाइएको आरोप कपोकल्पीत रहेको बताए।


