अछाम — मेल्लेख गाउँपालिका–८ मा बाघको आक्रमणबाट एकै पटक ९ वटा बाख्रा मरेका छन्। मेल्लेख गाउँपालिका ८ का वडा अध्यक्ष महेश ठकुल्लाका ती बाख्रा बुधबार जङ्गलमा चराउने क्रममा बाघले आक्रमण गरेपछि बाख्रा मारेर गयको जनाइएको छ।
पशु प्राविधिक भुपेन्द्र बुढाका अनुसार जङ्गल क्षेत्र नजिकै बाख्रा चराइरहेका बेला अचानक बाघले हमला गर्दा बाख्रा मारिएको पुष्टि भएको छ।
घटनापछि स्थानीयवासीमा त्रास बढेको छ भने जङ्गली जनावरको तस्कर आवत–जावत तथा जनावर सुरक्षाको विषयमा थप ध्यान दिनुपर्ने आवाज उठ्न थालेको छ।
स्थानीय प्रशासनले घटना स्थलको निरीक्षण गरेको जनाएको छ।


