अछाम ।अछाममा च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता २०८२ हुने भएको छ।साँफेबगर युथ युनाइटेड क्लब को आयोजनामा असोज १८ गतेदेखि च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता हुने आयोजकले जनाएको छ।
साँफेबगर नगरपालिका ७ रिडिकोटको बडासैन खेल मैदान प्रतियोगिता हुने च्याम्पियन्स ट्रफीको बिजेताले १ लाख ८१ हजार,उपबिजेताले ८१ हजार ,तेस्रो हुनेले ३१ हजार,टुर्नामेन्टको उत्कृष्ट खेलाडीले १० हजार ,उत्कृष्ट ब्याट्सम्यानलाई ५ हजार,उत्कृष्ट बलरस् रु। ५ हजार,उत्कृष्ट क्याच २ हजार र उदयीमान खेलाडीलाई ३ हजार पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिता रामारोशन, खप्तड, र वैद्यनाथ गरि तीन समुहमा खेलाईने युवाहरूलाई खेल, फिटनेस र सामाजिक सक्रियतामा प्रेरित गर्ने उद्देश्यका साथ च्याम्पियन्स ट्रफी आयोजना गरिएको आयोजकले जनाएको छ।


