अगालिखाेलामा झुलङ्गे पुल नहुँदा आवतजावतमा समस्या, कुस्काेट–हात्तीकोटका जनताले मागे पुल

अछाम ।   अछाम जिल्ला मेल्लेख गाउँपालिका  ४ कुस्कोट र ८ हात्तीकोट  जोड्ने   अगालिखाेलामा झुलङ्गे पुल नहुँदा कुस्काेट र हात्तीकोटका स्थानीय बासिन्दा आवतजावतमा ठूलो समस्यामा परेका छन् । दैनिक जीवनयापनदेखि  विद्यार्थी लाई विद्यालय पुग्न  ,स्वास्थ्य उपचार र बजार पुग्नसमेत समस्या हुने गरेकाे स्थानियले बताएका छन् ।

“यहाँका जनताले सजिलोसँग हिँड्न–आउन मात्र सक्ने पुलको माग गरेका हुन् । तर अहिलेसम्म त्यस्तो सुविधा उपलब्ध हुन सकेको छैन,” स्थानीय शिक्षक रामबहादुर साउदले बताए । उनका अनुसार पालिकाको आधा जनसंख्या त्यही क्षेत्रमै बसोबास गर्ने भएकाले पुल निर्माण अत्यावश्यक भइसकेको छ ।

पत्रकार तथा सरोकारवालाहरुलाई यो समस्यालाई प्राथमिकताका साथ उठान गर्न आग्रह गरे । “यो वर्षायाम गए पनि आउने वर्षायाम अघि पुल बन्ने कुरामा सबै मिलेर पहल गरौँ,” उनले भने ।

स्थानीयवासीहरुले झुलङ्गे पुल बनेमा वर्षा याममा हुने जोखिम कम हुने, आवतजावत सजिलो हुने र जनजीवन सहज हुने विश्वास व्यक्त गरेका छन्